प्रदेश १ को : नामाकरणको विषय सभामा पेश गर्ने भएपनि सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

२०७९ फागुन १७ गते १०:४१

विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभामा प्रदेश नामाकरणको विषय प्रवेश गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नाम जातीय पहिचानका आधारमा राख्ने की नदी, भूगोलका आधारमा राख्ने भन्ने विषयमा दलहरू विभाजित छन् ।
प्रदेशसभामा नामको विषयले प्रवेश पाउने भएपनि आन्दोलन हुन सक्ने भन्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
विराटनगर प्रवेश गर्न नाकाबाटै सुरक्षा अवस्था कडा पारिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रदेशसभा भवन प्रवेशमा समेत कडाइ गरिएको छ । प्रदेशसभा सदस्यलाई पनि स्वकीय नलिई आउन भनिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर