संसदभित्र कांग्रेस र एमाले दुवै प्रतिपक्षको कुर्सीमा बस्ने


काठमाडौं । प्रतिनिधिसभा सभाको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै प्रतिपक्षको बेञ्चमा बस्ने भएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएका एमाले दुवै प्रतिपक्षको मञ्चमा बस्ने भएका हुन्
‘सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौँ’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।
सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो ।
उता, प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारबाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्न लागेको हो । त्यसका लागि संसद् सचिवालयमा पनि जानकारी गराइसकेको छ ।
अनेक अनेक उट्पट्पट्याङ्ग, हुने नहुनेसब गठजोड [पूर्व पश्चिम फर्केकाको चोचोमोचो], मिल्ने नमिल्ने घटनाक्रम [सत्तापक्ष्य र प्रतिपक्ष्य आफै], राज्यका अंगहरुको अप्रत्याशित चलखेल [अदालतको राजनीति] र उफीपाफ्री सबै नेपालमा देख्न पाइञ्छ, सायद देउवा-कांग्रेश र प्रचण्ड-प्रचण्डपथ जस्ता प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका मसिहा र जन्मदाताहरु सबै त्येतै भएर होला !!!
::: जनताको कुनै चासो र सरोकार समेटिदैन, देशको दरिद्र र रुग्ण हालत पनि त्येहाँ सुनिन्न :: मात्र पद र पद ब्येवस्थापान अनि बिदेशी मालिक रिझाउने होडबाजी …. !!!
न लाज, न डर, न नैतिकता न कुनै इमान जमान, बोलीको ठेगान, ब्येवाहारमा प्रस्टता !!! कसकसले चलाएका रिमोटबाट संचालित प्यादाहरु !!!