गृह मन्त्रालयका ७ सहसचिवको जिम्मेवारी हेरफेर, काे कहाँ पुगे ? – Nepal Press

गृह मन्त्रालयका ७ सहसचिवको जिम्मेवारी हेरफेर, काे कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालय मातहतमा कार्यरत ७ सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ ।

मन्त्रालय स्रोतका अनुसार सहसचिव आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने रुद्रादेबी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयका सहसचिव नारायण रिसाललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ भने उक्त जिम्मेवारीमा रहेका बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पामा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयका सहसचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक बनाई पठाइएको छ भने मन्त्रालयमा कार्यरत सहसचिव फणीन्द्रमणि पोखरेललाई मन्त्रालय अन्तरगत रहेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक बनाई पठाएको छ ।

अधिकारी केही दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृह मन्त्रालय तानिएका थिए ।

 


प्रतिक्रिया

One thought on “गृह मन्त्रालयका ७ सहसचिवको जिम्मेवारी हेरफेर, काे कहाँ पुगे ?

  1. प्रधानमन्त्रीले लिएपछि गृहमन्त्रालयमा सबैभन्दा धेरै सरूवा, जिम्मेवारी हेरफेर भै राखेको छ । सरूवामा पैसाको डिल चाहिँ कसले गरिरहेको छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *