सैनिक प्रवक्ता भन्छन्- नेपाली सेनाको सूचना सुरक्षित छ – Nepal Press

सैनिक प्रवक्ता भन्छन्- नेपाली सेनाको सूचना सुरक्षित छ

काठमाडौं । नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले नेपाली सेनाको सूचना सुरक्षित भएको बताएका छन् ।

प्रवक्ता भण्डारीले नेपाल प्रेससँग बोल्दै सेनाको आधिकारिक सबै सूचना सुरक्षित भएको बताए । आज नेपाली कांग्रेस नेतृ आरजु राणाले नेपाली सेनाको सूचना टर्की पुग्ने गरेको भनेर आरोप लगाएकी छन् नि भन्ने नेपाल प्रेसको जिज्ञासामा भण्डारीले भने, ‘नेपाली सेनाको सूचना सबैले एक्सेस गर्नेगरी छैन ।’

प्रवक्ता भण्डारीले व्यक्तिगत र कमरसियल मेल र सेनाको आधिकारिक सूचना फरक-फरक हुने भन्दै आधिकारिक सूचना सुरक्षित भएको बताए ।

कांग्रेस नेतृ राणाले बाेलेकाे भिडिओ: 


प्रतिक्रिया

One thought on “सैनिक प्रवक्ता भन्छन्- नेपाली सेनाको सूचना सुरक्षित छ

  1. सुरक्षा निकायका अरूलाई आरजु म्यामले खल्तीमा हालिसक्नुभयो । अब सेनालाई कमजोर बनाउने अभियानमा लाग्नुभयो । सेना यो देशको राष्ट्रवादी शक्ति हो । उसले भारतको आदेशपालन गर्दैन । तर म्यामजस्ता आदेशपालकलाई सेना कसिंगर हुनसक्छ । अथवा सेनाको डेटा सुरक्षित छैन ।सुरक्षित डेटाको लागि सुरक्षित सफ्टवेयर चाहिन्छ भनेर सेनालाई सफ्टपेयर किन्न लगाएर कमिशन खाने दाउ हुनसक्छ किनकी कमिशन खाने मामलामा वहाँ पटक पछक तानिएकि हुन् । सेना सचेत हुन जरी छ । दिल्लीका एजेण्टहरू सेना कमजोर बनाउने अभियानमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर