कैलालीमा सूचना प्रविधि प्रदर्शनी सुरु – Nepal Press

कैलालीमा सूचना प्रविधि प्रदर्शनी सुरु

कैलाली । कैलालीको धनगढीमा आज सूचना प्रविधि प्रदर्शनी (क्यान इन्फोटेक २०७९) सुरु भएको छ ।

कम्प्युटर एसोसियसन नेपाल कैलालीको आयोजनामा सुरु भएको मेला २० गतेसम्म जारी रहनेछ । धनगढीस्थित सोराइ ब्यांक्वेटमा सूचना प्रविधिको प्रदर्शनी भइरहेको हो ।

आज एक कार्यक्रमका बीच प्रदेश प्रमुख देवराज जोशीले प्रदर्शनी उद्घाटन गरेका छन् ।

सूचना प्रविधिको बारेमा जानकारी दिन, नवीनतम प्राविधिक सामग्रीको प्रदर्शनी र साइबर सेक्युरिटीसम्बन्धी जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष यज्ञराज ओझाले जानकारी दिए ।

मेलामा ७० वटा स्टल रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर