हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई बागमती सरकारले १-१ लाख क्षतिपूर्ति दिने


हेटौँडा । हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १-१ लाख दिने बागमती प्रदेश मन्त्री परिषद्ले निर्णय गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएका मनहरी ४ मकवानपुरकी ६४ वर्षकी राधा अधिकारी, बकैया ५ का सन्तलाल माझी र कमलामाई १३ सिन्धुलीका ४० वर्षका डण्डपाणी पौडेलको परिवारलाई क्षतिपूर्ति स्वरूप १–१ लाख दिने निर्णय गरेको प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।
अधिकारीको ८ गते, माझीको ११ गते र पौडेलको १३ गते हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक विमल पोख्रेलले दिएको राजीनामा पनि स्वीकृत गरेको प्रवक्ता मन्त्री थपलियाले जानकारी दिए ।