गोविन्द बन्दीलाई शान्ति तथा मानवअधिकार सम्बन्धी प्रधानमन्त्रीका सल्लाहकारको दर्जा – Nepal Press

गोविन्द बन्दीलाई शान्ति तथा मानवअधिकार सम्बन्धी प्रधानमन्त्रीका सल्लाहकारको दर्जा

काठमाडौं । मानव अधिकार परिषद्को ५२ औँ बैठकमा भाग लिन जेनेभा पुगेका गोविन्द प्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) लाई प्रधानमन्त्रीको शान्ति तथा मानवअधिकार सम्बन्धी सल्लाहकारको दर्जा दिइएकाे छ ।

जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका शान्ति तथा मानवअधिकार सल्लाहकार बन्दीले मानव अधिकार परिषद्को ५२औँ सभाको नियमित उद्घाटन सत्रमा सहभागिता जनाएको बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान परराष्ट्रमन्त्री विमला राई पौडेलको भ्रमण स्थगित गर्दै बन्दीलाई पठाएका थिए । सन २०२० अक्टोबरमा तीन वर्षलाई संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा नेपाल चुनिएको थियो।

सोमबार नेपालको जेनेभाको स्थायी मिसनले एक प्रेस रिलिजबाट कोइराला सहभागी भएको उल्लेख गरेको छ। आगामी अप्रिल ४ सम्म चल्ने उक्त सभामा भोलि बन्दीले परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर