बझाङमा दुई वर्षीया बालिकामाथि करणी गरेको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ


कैलाली । बझाङमा २ वर्षीया बालिका बलात्कारको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको खप्तड छान्ना गाउँपालिका-७ का एक ६८ वर्षीय पुरुषलाई २ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
ती पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा आइतबार जाहेरी दिएकी थिइन् ।
शुक्रबार साँझ ती वृद्धले बालिकालाई बलात्कार गरेको पीडितको आरोप छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितको उजुरीका आधारमा ती वृद्धलाई पक्राउ गरिएको पुष्टि गरे । अहिले बालिकाको स्वास्थ्य परीक्षण भइरहेको समेत उनले बताए ।
होइन याे ६८ वर्षको ले २ वर्षकी बच्चीलाई बलात्कार भनेको चाहिँ कस्तो बलात्कार हो? सन्दिप र पलले जस्तै गरेको बलात्कार जस्तो हो त????!