उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा गौतम निर्वाचित, अरू पदाधिकारी को को ?


काठमाडौं । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्ण प्रसाद गौतम निर्वाचित भएका छन् ।
संघको मंगलवार सम्पन्न १७ औँ साधारणसभा र त्यसपछि भएको निर्वाचनबाट गौतम १२९ मतान्तरले प्रतिद्वन्द्वी शान्तराज श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित गौतम एमएस कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक हुन् । उनले हालै मात्र मड्खु भन्ज्याङदेखि तीन पिप्लेसम्मको सडक ४ महिनामै कालोपत्र सम्पन्न गरेर उत्कृष्ट काम गरेको भन्दै मन्त्रालयले प्रशंसा समेत गरेको छ ।
निर्वाचनबाट महासचिवमा पनि गौतम प्यानलकै पञ्चबहादुर तामाङ (विजय) निर्वाचित भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा कवीन्द्र महर्जन,प्रथम उपाध्यक्ष वासु खड्का र द्वितीय उपाध्यक्ष तिलकबहादुर लामा निर्वाचित भएका छन् ।
त्यस्तै नीतिगत उपमहासचिवमा कृष्ण केसी,आन्तरिक उपमहासचिवमा राजन गौतम,कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह कोषाध्यक्षमा सञ्जीव शाक्य निर्वाचित भएका छन् ।
संघको महिला सदस्यमा कविता भट्टराईसहित सदस्यहरूमा राजु प्रसाद चौलागाई, भक्तबहादुर तामाङ, सुनिल लामा, हरिराम तामाङ थोकर, बिदुर शिवाकोटी, तुलसी प्रसाद गौतम, म्हेन्दो लामा, सुवास श्रेष्ठ र राहुलजंग कार्की निर्वाचित भएका छन् ।