हिक्मतकै सरकारले निरन्तरता पाउने माओवादीको भनाई, आङ्बो भन्छन्- समर्थन फिर्ताबारे सोचेको छैन – Nepal Press
प्रदेश १

हिक्मतकै सरकारले निरन्तरता पाउने माओवादीको भनाई, आङ्बो भन्छन्- समर्थन फिर्ताबारे सोचेको छैन

विराटनगर । नेकपा एमालेले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएपनि माओवादीले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनाएको छ ।

माओवादी प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले माथि जे जस्तो परिस्थिति निर्माण भएपनि प्रदेश १ मा सत्ता समीकरणको फेरबदलबारे अहिले नै नसोचेको बताए ।

आङ्वोले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन रहिरहने बताए ।

उनले नेपाल प्रेससँग भने,‘यो सरकारले नै निरन्तरता पाउँछ । अहिले प्रदेश १ को सत्ता समीकरण परिवर्तन हुँदैन । माओवादीले प्रदेश १ को सरकार परिवर्तनका बारेमा थप सोचेको छैन ।’

प्रदेश १ मा माओवादी, जनता समाजवादी र राप्रपाको समर्थनमा एमाले नेतृत्वको सरकार छ ।

९३ सीट रहेको प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सिटसहितको समर्थनमा एमाले नेतृत्वको सरकार बनेको छ ।

सरकारमा माओवादीका २, राप्रपाका १ र जसपाका १ जना मन्त्री छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर