अमेरिकी डलर स्थिर, युरोको भाउ घट्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । यसको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। यसअघि आइतबार पनि सोही भाउमा अमेरिकी डलरको कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रुपैयाँ ९८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५१ पैसा घटेको हो। आइतबार युरोको खरिद मूल्य १३९ रुपैयाँ ८५ पैसा र बिक्रीमा १४० रुपैयाँ ४९ पैसा कायम गरिएको थियो।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रुपैयाँ २६ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा १ रुपैयाँ १४ पैसाले घटेको छ । आइतबार अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य ९० रुपैयाँ ४ पैसामा कारोबार भएको थियो ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको सोमबारको खरिद मूल्य १५७ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य १५८ रुपैयाँ ५४ पैसा तोकिएको छ। आइतबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिद मूल्य १५८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६४ पैसा तोकिएको थियो ।
सोमबार क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ६ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।
यस्तै, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २३ पैसा कायम गरेको छ ।
यता, साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ ।
सोमबार साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा र मलेसियन रिंगिट एकको खरिद मूल्य २९ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य २९ रुपैयाँ ९२ पैसा तोकिएको छ।
आइतबार पनि सोही मूल्यमा साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार भएको थियो ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १८ पैसा पाइन्छ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ २ पैसा तोकिएको छ।