ललितपुरका १० वटा सहकारी खारेज (सूचीसहित)

२०७९ फागुन १४ गते १३:५४

काठमाडौं । ललितपुर महानगरपालिकाले १० वटा सहकारी खारेज गरेको छ ।
महानगरको क्षेत्रभित्र पर्ने ती सहकारीको इजाजत खारेज गरिएको हो । महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्षभन्दा लामो समयदेखि लेखा परीक्षण नगरेका, साधारणसभाको विवरण नबुझाएका सहकारीहरू खारेज भएको छ ।
महानगरपालिकाले ३५ दिने सूचना निकालेर त्यस्ता सहकारीलाई सम्पर्कमा आउन भनेपनि अटेर गरेको भन्दै ती सहकारी खारेज गरिएको बताइएको छ ।
महानगरको सूचनामा भनिएको छ, ‘खारेज भएको सहकारीका नाममा कारोबार नगर्न/नगराउनू,’ हुन समेत जानकारी गराइन्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर