१४ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ फागुन १४ गते ११:३४

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको दर १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम रहेको छ ।
अघिल्ले दिन शुक्रबार मात्रै १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजाबि सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
त्यसैगरी चाँदी १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर