रास्वपा अब कतापट्टि लाग्छ ? डिपी अर्याल भन्छन्- ‘पर्ख र हेर’ मा छौं
पर्सी केन्द्रीय समिति बैठक बोलाइयो


काठमाडौं । विकसित राजनीतिक घटनाक्रमलाई लिएर संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल कुनै निर्णय लिएको छैन ।
राष्ट्रपतिको चुनाव तथा गठबन्धन फेरबदलका विषयमा कुनै धारणा बनि नसकेको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले बताए ।
रास्वपाले गृहमन्त्रीको विवादपछि सरकारबाट हट्ने निर्णय लिएको थियो, तर सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन भत्काएर नयाँ बनाउन अग्रसर भएपछि त्यसमा जाने/नजानेमा रास्वपा ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ ।
यी समसामयिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठक पर्सी बोलाइएको अर्यालले जानकारी दिए ।
‘हामी हतारिएर निर्णय लिने पक्षमा छैनौँ । विकसित घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेका छौँ । पर्सिको बैठकपछि हाम्रो आधिकारिक धारणा आउँछ,’ उनले भने ।
हालको गठबन्धनमा रहेकामध्ये नेकपा एमालेले तत्काल सरकारबाट नहट्ने र यही गठबन्धन जोगाउन पहल गर्ने निर्णय लिएको छ । उसले पुस १० को सहमति माओवादीले पालना गर्ने अपेक्षासहित सुभाष नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।
अर्को सत्तारुढ घटक राप्रपाले भने केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट हट्नुका साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ । राष्ट्रपतिको चुनावमा कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक नबस्ने पनि पार्टीले निर्णय गरेको थियो ।
रास्वपा र राप्रपा अहिलेको सत्तारुढ दल नेकपा एमालेसँग निकट मानिन्छन् ।
राष्ट्रपतिको चुनावको सम्बन्धमा भएको छफफलमा त नबोलाएर हेप्न खोज्ने दिल्लीका भाडाका टट्टुहरूतिर त रास्वपा पक्कै नजाला ।