राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक टुंग्याउन गठबन्धनको बैठक बस्दै

२०७९ फागुन १३ गते ११:१२

काठमाडौं । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन आठ दलीय गठबन्धनको बैठक बैठक बस्दैछ।
राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन दिउँसो पौने १ बजे सिंहदरबारमा गठबन्धनको बैठक बस्ने कांग्रेसका प्रवक्ता प्रकाश शरण महत बताए।
कांग्रेसले राष्ट्रपतिको उम्मेदवारमा गठबन्धनको तर्फबाट रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
प्रतिक्रिया