रामचन्द्रलाई राष्ट्रपति बनाउन देउवाले गरे प्रस्ताव

२०७९ फागुन १३ गते ९:५८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् । आज कार्यसम्पादन बैठक सुरू हुनुअघिको अनौपचारिक छलफलमा उनले सो प्रस्ताव गरेका हुन् ।
कार्यसमिति बैठक अघि देउवाकाे कार्यकक्षमा शीर्ष नेताहरू छलफलमा जुटेका थिए । देउवाकाे प्रस्तावमाथि कार्यसम्पादन समिति वैठकमा छलफल हुने भएकाे छ
प्रतिक्रिया