फूलबारी नाका खुल्दै: बाङ्लादेशका स्थलमार्गबाट नेपाल आउने पर्यटकलाई सजिलो

२०७९ फागुन १३ गते ८:३६

काठमाडौं। कोभिड-१९ पछि बन्द भएको भारत-बाङ्लादेश जोड्ने फूलबारी नाका खुल्ने भएको छ। हालसालै भारतीय इन्टेलिजेन्सले नाका खुलाउन गरेको पत्राचार नेपाल प्रेसले प्राप्त गरेको छ।
फेब्रुअरी २२ मा लेखिएको पत्रले फूलबारी सहित महाधिपुर र राधिकापुरका नाका खोल्न अपिल गरिएको छ। फूलबारी नाका नेपालको पूर्वी सीमानाबाट सबैभन्दा नजिकको बाङ्लादेश प्रवेश गर्ने नाका हो।
एक घण्टाभन्दा कम समयमा पूर्वी नाकाबाट बाङ्लादेश सीमा फूलबारी पुग्न सकिन्छ । फूलबारीनाका खोलिएसँगै स्थलमार्गबाट नेपाल आउन इच्छुक बाङ्लादेशका पर्यटकहरुलाई सहज हुने पर्यटन व्यवसायीहरु बताउँछन् ।
प्रतिक्रिया