एअरहोस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा निगमका दुई पाइलटसहित चालक दलका सबै निलम्बित – Nepal Press

एअरहोस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा निगमका दुई पाइलटसहित चालक दलका सबै निलम्बित

काठमाडौं । विमान परिचारिका (एयर होस्टेस)लाई उडान गरिरहेकै अवस्थामा दुर्व्यवहार गरेको भन्दै दुई पाइलटसहित चालक दलका सबै निलम्बनमा परेका छन् ।

नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ बाट गत १२ साउनमा काठमाडौं फर्कँदै गर्दा आकाशमै एअर होस्टेसलाई दुर्व्यवहार गरेको भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त उडानका चालक दलका सदस्यहरूलाई निलम्बन गरेको जनाएको छ ।

उनीहरुको छानबिन थालिएको प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले पाइलटको नाम भने खुलाउन चाहेनन् । क्याप्टेन र कोपाइलटले उडान अवधिमा एयरहोस्टेसलाई ककपिटमा बोलाएर दुर्व्यवहार गरेको उजुरी आएपछि छानबिन थालिएको निरौलाले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर