तीव्र गतिको हावाका कारण कतार र मालिन्दो एअरका जहाज अवतरण हुन सकेनन्

२०७९ फागुन १२ गते १७:२२

फाइल तस्बिर
काठमाडौं । तीव्र गतिको हावाका कारण कतारबाट आएको कतार एअरवेज र मलेसियाबाट आएको मालिन्दो एअरले अवतरण हुन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले हावाका कारण जहाज अवतरमा समस्या भएको बताए ।
सिटौलाले जहाज आकाशमै फर्काइएको र केहीबेरमै अवत्तरणको तयारीसमेत भएको नेपाल प्रेसलाई जानकारी दिएका छन् ।
हावाको चाप सामान्य भएपछि अवतरण गराइने उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर