ओली बाहिरिएलगत्तै बालुवाटारमा कांग्रेसको इन्ट्री

२०७९ फागुन १२ गते १७:०१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब साढे २ घन्टा छलफलपश्चात एमाले अध्यक्ष केपी ओली बाहिरिएलगत्तै कांग्रेसको इन्ट्री भएको छ ।
प्रचण्ड र ओलीको बैठक सकिएलगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रवेश गरेका हुन् ।
बिहान बसेको चार दलको बैठकमा चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति भएको थियो । पुरानो गठबन्धन ब्यूँताएर राष्ट्रपति निर्वाचनमा अहिले बस्ने बैठकले ठोस सहमति बनाउने तयारी गरेको छ।
प्रतिक्रिया