न्यायाधीश खतिवडाले भने- सन्दीपको क्रिकेट करिअर जीवित रहोस् भन्ने चाहन्छु तर प्रक्रियामा चल्नुपर्छ – Nepal Press

न्यायाधीश खतिवडाले भने- सन्दीपको क्रिकेट करिअर जीवित रहोस् भन्ने चाहन्छु तर प्रक्रियामा चल्नुपर्छ

बहस सकियो, आदेश केहीबेरमा आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई विदेश भ्रमणको अनुमति दिन माग गर्दै हिजो दिएको निवेदनमा अहिले सर्वोच्च अदालतमा सुनवाइ सकिएको छ । न्यायधीश ईश्वर खतिवडाले केहीबेरमा आदेश सुनाउने तयारी गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई भ्रमणमा जाने अनुमति दिन अदालतसमक्ष अनुरोध गर्यो । क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई सुरक्षित रुपमा यूएइ लैजाने र फिर्ता ल्याउने जिम्मा आफूहरुले लिने बताएका थिए । उनले यो क्रिकेट श्रृंखला नेपालका लागि एकदमै महत्वपूर्ण भएकाले सन्दीपको उपस्थिति जरुरी रहेकोमा जोड दिए ।

न्यायाधीश खतिवडाले सन्दीपको क्रिकेट करिअर जिवित रहोस भन्ने आफ्नो व्यक्तिगत चाहना रहेको बताएका छन् ।

‘म उनको करिअर जिवित रहोस, अझ माथि पुगोस भन्ने चाहन्छु । तर, हामीले प्रक्रिया अनुसार चल्नुपर्छ । सर्वोच्च अदालतभन्दा माथि अर्को निकाय पनि नभएकाले हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ । विगतमा यस्तो अभ्यास छैन ।’ उनले भने ।

न्यायाधीश खतिवडाले फैसलाको कैफियत प्रतिवेदनबिना कसरी अन्तरकालिन आदेश दिने भन्ने प्रश्न गरेका थिए । उनले नेपालको यूएइ भ्रमण कहिलेदेखि कहिलेसम्मको हो भनेर पनि सोधेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर