टिभीएसको माइलेज क्याम्प, फ्रि सर्भिसिङ हुँदै


काठमाडौं । टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य शहरमा टिभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ ।
क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज र्याली जस्ता विभिन्न कार्यक्रम गरिएको कम्पनीले बताएको छ । क्याम्पमा सहभागी सबै एनटर्क राइडरलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शत प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ ।
अहिलेसम्म काठमाडौँ, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य शहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसके। यस को कम्पनीले जनाएको छ ।
माइलेज चेक अप क्याम्पमास्कुटर चेक अप गराएपछि आफ्नो स्कुटरको माइलेज पनि बढेको र यसबाट आफुहरु खुशी भएको सहभागिहरुको प्रतिकृया रहेको र माइलेज क्याम्पमा सहभागि हुनको लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्ने जगदम्बा मोटर्सका सीइओ दिपक अग्रवालले बताए ।