शुक्रबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०७९ फागुन १२ गते १२:०३

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ ।
शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ४ सय कायम रहेको छ ।
अघिल्लो दिन बिहिबार मात्रै प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मुल्य घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर