सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने

२०७९ फागुन ११ गते १९:४५

काठमाडौं । सरकारले अधिकांश बिदाका दिन अतिआवश्यक कार्यालय खोल्ने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक कार्यालयहरु शनिबार बाहेक सार्वजनिक बिदामा कार्यालय खोल्ने निर्णय गरेको हो ।
कुन बिदामा कार्यालय खोल्ने कुन बिदामा नखोल्ने भन्ने निर्णय गर्ने जिम्मा गृहमन्त्रालयलाई दिइएको एक मन्त्रीले जानकारी दिए ।
प्रतिक्रिया