हायसको ठक्करबाट कैलालीमा एकजनाको मृत्यु, राजमार्ग अवरुद्ध

२०७९ फागुन ११ गते ११:५८

कैलाली । कैलालीको गोदावरीमा हायसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी-९ बल्मीमा हायसले ठक्कर दिँदा केहुँराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बिहीबार बिहान धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा. ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो । कैलालीको बल्मी क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ ।
प्रतिक्रिया