कर्णालीमा पूर्वप्रदेश सभा सदस्य मञ्च गठन


सुर्खेत । कर्णाली प्रदेशका पूर्वप्रदेश सभा सदस्य मञ्च गठन गरिएको छ । वुधबार पूर्वप्रदेश सभा सदस्य दल रावलको अध्यक्षतामा मञ्च गठन गरिएको हो ।
मञ्चको उपाध्यक्षमा अमृता शाही, महासचिवमा कृष्णा शाह, सचिवमा पद्मा खड्का र कोषाध्यक्षमा मीनासिंह रखाल रहेका छन् ।
पूर्व सामाजिक विकासमन्त्री समेत रहेका रावलले, नयाँ र पुराना प्रदेश सभा सांसदबीच भाइचाराको सम्बन्ध विकास गर्ने उद्देशले मञ्च गठन गरिएको बताए ।
उनले संगठनलाई सातै वटा प्रदेश तथा केन्द्रमा विस्तार गरिने छ । आफुहरु सांसदहरु सिकेका ज्ञान र सीपहरु नयाँ सासंदलाइ बाढ्दै कर्णालीको समृद्धिका लागि हातेमालो गर्ने उनको भनाई छ ।
मञ्चले तीनै तहका सरकारबीच समन्वयमा पनि सहयोग गर्ने उद्देश रहेको रावलले जानकारी दिए ।
त्यस्तै, सदस्यहरूमा करवीर शाही, राजु नेपाली, पद्मीक्वारी बोहोरा, रातो कामी, झोवा विक र नन्दसिंह बुढा रहेका छन।यो मञ्च मुलुकमै पहिलो पटक कर्णाली प्रदेशका गठन गरिएको हो ।