१०० एमपी अल्ट्रा क्यामेरासहितको अनर एक्स ८ए नेपाली बजारमा – Nepal Press

१०० एमपी अल्ट्रा क्यामेरासहितको अनर एक्स ८ए नेपाली बजारमा

काठमाडौं । १०० एमपी अल्ट्रा क्यामेरा भएको अनर एक्स ८ए नेपाली बजारमा आउने भएको छ ।

नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपालले आफ्नो नयाँ स्मार्टफोन अनर एक्स ८ए नेपाली बजारमा भित्र्याउने भएको हो ।

१०० एमपी अल्ट्रा क्यामरा जडान गरिएको उक्त फोनमा ६.६ इन्चको एजलेस डिस्प्ले समावेश गरिएको छ। यसैगरी, यस फोनमा ८ जिबि र्‍याम र १२८ जीबी इन्टरनल स्टोरोज रहेको जनाइएको छ ।

स्मार्टफोन यहि २६ फेब्रुअरीदेखि खरिदका लागि उपलब्ध हुने र नेपालभरका खुद्रा स्टोर र दराज अनलाइन सपिङबाट पनि किन्न सकिने बताइएको छ ।


प्रतिक्रिया

One thought on “१०० एमपी अल्ट्रा क्यामेरासहितको अनर एक्स ८ए नेपाली बजारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर