काठमाडौं उपत्यकामा ७ महिनामा ४३ सय चालकलाई सिसीटीभी हेरेर कारबाही – Nepal Press

काठमाडौं उपत्यकामा ७ महिनामा ४३ सय चालकलाई सिसीटीभी हेरेर कारबाही

काठमाडौं । पछिल्लो ७ महिनामा काठमाडौं उपत्यकाभित्र ४ हजार ३१४ जना सवारी चालकलाई सिसीटीभीको सहायताबाट कारबाही भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार साउनयता ट्राफिक उल्लंघन गर्नेहरुलाई सिसिटिभीबाट पहिचान गरेर कारबाही गरिएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहेको सिसीटीभी कन्ट्रोल रुमले तत्काल दिएको सुचनाका आधारमा ३ हजार २ सय ९२ जना र ट्राफिक नियम उल्लंघन गरी फरार रहेका १ हजार २२ जना गरी ४ हजार ३ सय १४ जना चालकलाई कारबाही गरिएको हो ।

साउन महिनामा ३४१ जना, भदौमा ६८० जना, असोजमा ४८२ जना, कार्तिकमा ३६६ जना, मंसिरमा ६६२ जना , पुसमा ९२५ जना, माघमा ८१४ जना र फागुनमा ४४ जना चालकहरू कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिकले जनाएको छ ।

ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर