कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, आजदेखि पाइपबाट खाना दिन मिल्ने – Nepal Press

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, आजदेखि पाइपबाट खाना दिन मिल्ने

रूपन्देही । भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ ।

बुधबार राती काठमाडौंस्थित घरमै ग्यास लिकपछि भएको आगलागीमा घाइते भएपछि बिहीबारदेखि मुम्बईस्थित नेशनल बोर्न अस्पतालमा उपचार गराइरहेका डा.भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बनको भाग देखिएकाले हृदयमा असर नपर्ने चिकित्सकहरुले बताएका छन् ।

भण्डारीसँगै मुम्बई पुगेका कांग्रेस नेता योगराज कंडेलका अनुसार डा. भण्डारीका सबै प्यारामिटरहरु नमर्ल रहेको छ । आज बिहान अस्पतालले गराएको जानकारीमा अस्पतालका चिकित्सक धनन्जयले भण्डारीको सर्व प्यारामिटर नर्मल रहेको जानकारी दिएको कंडेलले जनाएका छन् ।

पहिलो शल्यक्रिया गर्दा घाउको गहिराई बढी भएका कारण बढी समय लागेको उल्लेख गर्दै दोस्रो शल्यक्रिया १२ घण्टाको निगरानीपछि मात्र गर्न सकिने डा। मुकेशले बताएको पनि कंडेलले जनाएका छन् ।

फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको कारण हृदयमा असर नपर्ने जानकारी अस्पतालले दिएको उनले बताए । शुक्रबार दुवै खुट्टाको सर्जरी गरिएको थियो ।

चिकित्सकलाई उल्लेख गर्दै नेता कंडेलले आजदेखि पाइपबाट खाना दिन सुरू हुने र बाहिरबाट दिइएको अक्सिजन पनि ४५ प्रतिशतले घटाइएकोले स्वास्थ्यमा धेरै सुधार भएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर