कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भूमिका नै अन्यौल छ : सभामुख घिमिरे (भिडिओ) – Nepal Press

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भूमिका नै अन्यौल छ : सभामुख घिमिरे (भिडिओ)

विराटनगर । सभामुख देवराज घिमिरेले देश पहिलेभन्दा प्रतिकूल अवस्थामा गएको बताएका छन् । झापाको बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले संसदमा धेरै दलहरु रहेका कारण पनि समस्या भएको बताए । अहिले अनेपेक्षित रुपमा दलहरु संसदमा पुगेको र तिनीहरुको गन्तव्य के हो भन्ने थाहा नभएको उनको भनाइ छ ।

उनले भने, ‘सविधानले बन्देज लगाएको कुरा गर्ने दलहरुसमेत सदनमा छन् उनीहरुले कानूनभन्दा बाहिरको कुरासमेत गरिरहेका छन् । उनले देशी विदेशी शक्तिहरुको चलखेल अझै रहेको बताए ।

घिमिरेले देशमा अझै विदेशीको चलखेल रहेको बताए । उनले समस्या भए पनि समाधान गर्ने भूमिकामा आफू नभई रेफ्रीको भुमिकामा रहेको बताए । सदनमा ५ वटा दल हुँदा त समस्या भएको भन्दै १२ वटा दल सदनमा हुँदा कानुनहरु पास गर्ने कुरामा समस्या हुने बताए ।

उनले प्रधानन्यायाधीश विरुद्धको महाअभियोगको मुद्दा अनन्त कालसम्म लानु नहुने बताए । घिमिरेले पुरानो संसद र प्रधान्यायाधीश दुवै नरहेको अवस्था अब के हुन्छ भन्ने कुरा पर्खनु पर्ने बताए । उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भुमिका नै अन्यौलमा रहेको बताएका छन् ।

संसद र दलहरुले भूमिका खेल्ने बताए । उनले भने, ‘मैले सहजीकरण गर्ने हो पास र फेल गर्ने विषयमा दल हरुले गर्ने बताए ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर