‘कर्णाली उत्सव, कुडा कर्नालीका’ चौथो संस्करण हुँदै – Nepal Press

‘कर्णाली उत्सव, कुडा कर्नालीका’ चौथो संस्करण हुँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ चौथो संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ । वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा तीन दिन संचालन चल्ने ‘कर्णाली बुलन्द पारौँ’ नाराका साथ उत्सव हुन लागेको हो । उत्सवलाई विचारको उत्सवका रुपमा लिइने गरिएको छ ।

वुधबार उत्सव सञ्चालन गर्दै आएको ऋति फाउन्डेसनका संयोजक कमल लम्सालले उत्सवमा ‘कर्णाली चिन्तन’, ‘कर्णाली खेल्दो छ’, ‘यो शहर, त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’, ‘दलित र दलिल’, ‘भोक र भोजन’, ‘रेडियोको रस’, ‘संघीयताको पाँच वर्षः कति विस्मात, कति वर्ष ?’, ‘कर्णाली नदी प्रणाली’, ‘कर्णालीमा लगानी’, ‘रूपान्तरण र पुस्तान्तरण’, ‘सग्लो समाजः सङ्लो राजनीति’, ‘समावेशी शासन,’ ‘डिजिटल डेमोक्रेसी’, ‘कर्णालीदेखि काठमाडौँसम्म’ गरी १६ वटा सत्र रहने जानकारी दिए ।

उत्सवमा कर्णालीका विभिन्न विषयवस्तुमा विषयविज्ञ, जिम्मेवार व्यक्तित्व, जनप्रतिनिधिहरुसँग खुल्ला छलफल, विभिन्न सफलताका कथा (पैकला), संस्कृती झल्काउने कार्यक्रमहरु, कर्णालीका पहिचान लगायतका विषयमा छलफल र प्रदर्शनी हुने कर्णाली लम्सालले बताए ।

कर्णाली उत्सव फागुन ५, ६, र ७ गतेसम्म सञ्चालनमा रहने छ । सो उत्सवमा यस वर्ष ६० वक्ता रहनेछन् । कर्णाली उत्सवलाई सञ्चालन गर्न ५०/६० लाख खर्च लाग्ने अनुमान गरेको आयोजकले जनाएको छ ।

शुक्रबार भोलि बिहान वीरेन्द्रनगरदेखि साइकल र्‍याली हुनेछ । उक्त उत्सव उद्धघाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छन् । यस वर्ष उत्सवमा देशदेशावरबाट ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने आयोजले जनाएको छ ।

कर्णालीको भाषा, साहित्य, संस्कृति र कलामा मात्र सिमित नभएर यहाँको सम्मृद्ध कर्णालीको सार्थक सपनाहरुको बारेमा बहस गर्दै आएको छ । कर्णाली उत्सव, कुडा कर्नालीका २०७६ साल फागुनबाट सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर