नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको कूलपतिमा निशा शर्मा उपकूलपतिमा शम्भु राई (सूचीसहित)


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ । संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेका हुन् ।
प्रतिष्ठानको कूलपतिमा रंगकर्मी निशा शर्मा नियुक्त भएकी छन् भने उपकूलपतिमा गायक सम्भु राईलाई नियुक्त गरिएको छ । त्यस्तै सदस्य सचिवमा कुस्मा महरालाई नियुक्त गरिएको छ ।
प्राज्ञहरूमा कर्ण बहादुर गौतम, बखत बहादुर हमाल, डक्टर राई, हिसन बहादुर मगर, टीका पुन, चेतन सापकोटा नियुक्त भएका छन् । साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।
प्रतिष्ठानमा नियुक्त भएका पदाधिकारीको सूची हेर्नुहोस्ः