बद्री पंगेनीकी छोरी पनि अनेरास्ववियु केन्द्रीय सदस्य उम्मेदवार


काठमाडौं । गायक बद्री पंगेनीकी छोरी बिहानी पंगेनी अनेरास्ववियुको केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेकी छन् ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा बिहानीले उम्मेदवारी दिएकी हुन् । गायक बद्रीले विद्यार्थीहरुको हक, हित र अधिकारलाई स्थापित गर्ने आवाजलाइ बुलन्द पार्दै शैक्षिक माफियाहरुको भण्डाफोर गर्ने अठोटसहित अगाडि बढ्न छोरी बिहानीलाई शुभकामना दिएका छन् । उनले फेसबुकमा बिहानी सानी हुँदाको र उम्मेदवार बनेको तस्बिर सेयर गर्दै शुभकामना दिएका हुन् ।
विहानी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चक्रवर्ती कलेजमा एलएलबी अध्ययनरत छिन् ।
अनेरास्ववियुको महाधिवेशन भोलिसम्म चल्नेछ ।