कर्णाली प्रदेशको कानून मन्त्रालय सचिवविहीन, ०७६ सालदेखि उपसचिवको दरबन्दी रिक्त – Nepal Press

कर्णाली प्रदेशको कानून मन्त्रालय सचिवविहीन, ०७६ सालदेखि उपसचिवको दरबन्दी रिक्त

सुर्खेत । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिवविहीन भएको छ । सचिव दिनेश सागर भुसाल सरुवा भएपछि मन्त्रालय सचिवविहीन भएको हो । मन्त्रालयमा उपसचिवको पद पनि रिक्त रहेको छ ।

सचिवको सरुवा भएपछि न्याय सेवा कानून समूहका उपसचिव निधिराज न्यौपानेले निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । न्यौपाने पनि कार्यक्रमको सिलसिलामा बाहिर गएका छन् ।

कृष्णबहादुर जिसी (जितेन्द्र) माघ ११ गते मन्त्री नियुक्त भएको ९ दिनपछि सचिव दिनेश सागर भुसाल सुरुवा भए । करिब दुई साता बित्न लाग्दा पनि उक्त मन्त्रालयले सचिव पाउन सकेको छैन । मन्त्रालयमा सचिव नभएपछि आर्थिक र प्रशासनिक गतिविधि दुई सातादेखि ठप्प रहेको छ ।

मन्त्रालयमा सचिव नहुँदा कामकाज प्रभावित बनेको सूचना अधिकारी रोशनबहादुर शाहीले बताए । ‘तत्कालका लागि मन्त्रालयमा कार्यरत न्याय सेवा कानून समूहका उप–सचिव निधिराज न्यौपाने मन्त्रालय हर्ने जिम्मेवारी दिइएको छ’, शाहीले भने, ‘मन्त्रालयमा लेखा अधिकृतको पद रिक्त रहँदा मन्त्रालयको आर्थिक र प्रशासनिक काम अगाडि बढ्न समस्या भएको छ ।’

आर्थिक मामिला तथा कानून मन्त्रालयमा ३८ जना कर्मचारीको दरबन्दी रहेको छ । तर हाल १० जना कर्मचारीको दरबन्दी रिक्त रहेका छन् जसमा चार उपसचिवको दरबन्दी रहेको छ । तर २०७६ साल देखि प्रशासन सेवामा दुईजना उपसचिवको दरबन्दी रिक्त छ भने सूचना प्रविधिका तर्फको उपसचिव एक जनाको पद पनि रिक्त रहेको छ ।

यस्तै, छ जना शाखा अधिकृत दरबन्दीमा हाल दुईजना मात्रै कर्मचारी रहेको छन् भने चारजनाको दरबन्दी रिक्त छ । त्यस्तै, तथ्याङ्क अधिकृतमा एकजना, लेखामा एकजना, कम्प्युटर इन्जिनियरतर्फ एकजना अधिकृतको पद रिक्त रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर