सुर्खेतको बिउरेनीमा ट्याक्टर दुर्घटना, एक जनाकाे मृत्यु – Nepal Press

सुर्खेतको बिउरेनीमा ट्याक्टर दुर्घटना, एक जनाकाे मृत्यु

सुर्खेत । सुर्खेतकाे रत्न राजमार्ग अन्तर्गत ठुलो बिउरेनी नजिकै ट्याक्टर दुर्घटना  हुँदा  एक जनाकाे मृत्यु भएकाे छ ।

बियुउरेनीदेखि वीरेन्द्रनगर आउँदै गरेको भे १ त ४४८३ नम्बरको ट्याक्टर बुधबार दिउँसाे अनियन्त्रित भएर सडक २५ मिटर तल खसेर दुर्घटना हुँदा लेखवेशी नगरपालिका-९ का १५ वर्षीय जितेन्द्र नेपालीकाे मृत्यु भएको हाे।

गम्भीर घाइते नेपालीकाे उपचारकाे क्रममा  प्रदेश अस्पताल सुर्खेतमा निधन भएकाे  अस्पतालले जनाएकाे छ ।  दुर्घटनामा दुई जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरि नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

घाइते हुनेमा चिङ्गाड गाउँपालिका ९ का १५ वर्षीय सन्दिप सुनार र वीरेन्द्रनगर नगरपालिका-११ का २८ वर्षीय जीवन बादी भने सामान्य घाइते भएका छन् ।उनीहरुकाे माया नर्सिङ होममा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर