मुस्ताङबाट पोखरा हिँडेको बस कालीगण्डकीमा खस्यो

२०७९ फागुन ३ गते १२:३५

पोखरा । मुस्ताङको लेतेनजिकै ना. ७ ख ७४४० नम्बरको बस कालीगण्डकीमा खसेको छ । मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा १७ जना घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाल प्रेसलाई बताए ।
‘थासाङ गाउँपालिका वडा नं. ३ लेते नजिकै सडकबाट करिब ३० मिटर तल कालीगण्डकी नदीमा बस खस्दा १७ यात्रु घाइते भएका छन्,’ उनले भने, ‘घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।’
घाइतेमा २ जना विदेशी पनि रहेको प्रजिअ केसीले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर