जुम्लामा वृद्धा मृत अवस्थामा फेला

२०७९ फागुन ३ गते ११:५०
सुर्खेत । जुम्लाको सिञ्जा गाउँपालिका ५ सनिगाँउमा एक जना मृत अवस्थामा भेटिएका छन् ।
बुधबार सनिगाँउका अन्दाजी ८० वर्षीया कार्या रोकाया घरबाट अन्दाजी ५० मिटर तल आफ्नै बारीमा मृत अवस्थामा भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनी मृत अवस्थामा लडेको भन्ने खबर पाएपछि जुम्ला प्रहरी चौकी नराकोटबाट सायक निरीक्षकको कमान्डमा ३ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर