नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा कायम भएको छ ।
आज बजारले ४६ लाख ८५ हजार ८ सय ९ कित्ता सेयरको किनबेचमा १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३ सय ७२ रुपैयाँ बराबरको कारोबार गरेको छ ।
सबैभन्दा हिमालयन डिस्टिलीरी लिमिटेडले ७ करोड ७५ लाख ६५ हजार ३ सय ७२ रुपैया बराबरको कारोबार गरेर सर्बभन्दा शिर्स स्थानमा रहेको छ ।
त्यसैगरी, आज सर्वाधिक नाफा कमाउनेमा क्रमशः युनिलीभर नेपाल, राप्ती हाइड्रोपावर एण्ड जर्नल कन्स्टकचर र सामलिं पावर कम्पनी रहेका छन् । सर्वधिक गुमाउने बाराही हाइड्रोपावर पब्लिक, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन ।
बजार पूँजीकरण भने ३० खर्ब ३८ अर्ब रहेको छ ।