सामसुङको ग्यालेक्सी एस २३ सिरिज स्मार्टफोन सार्वजनिक – Nepal Press

सामसुङको ग्यालेक्सी एस २३ सिरिज स्मार्टफोन सार्वजनिक

रुपन्देही ।दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस २३ सिरिज स्मार्टफोन रुपन्देहीको भैरहवामा विक्री वितरणको लागि सार्वजनिक गरेको छ ।

सामसुङको बहुप्रतीक्षित नयाँ स्मार्टफोनको रुपमा रहेको एस २३, प्लस र अल्ट्रा गरी २३ सिरिजका तीनवटा मोडेल सार्वजनिक गरेको हो । सामसुङका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल २०२२ प्रियंका रानी जोशीले संयुक्तरुपमा मोबाइल सार्वजनिक गरेका हुन् ।

यो सिरिजका स्मार्टफोनमा क्यामरा फिचर्समा धेरै सुधार भएको छ । ग्यालेक्सी एस–२३ अल्ट्रा मोडेलमा २०० मेगापिक्सेलको मुख्य रहेको छ । उक्त उच्च क्षमतायुक्त सेन्सरले कम प्रकाश भएको ठाउँमा पनि प्रष्ट, चम्किलो तथा विस्तृत तस्वीर खिच्न सक्नेछ ।

कम प्रकाशका लागि उपयुक्त भनिएको यो फोनमा क्यामरालाई शक्तिशाली बनाउनका लागि सामसुङले क्वालकोमसँगको सहकार्यमा तयार गरेको आफ्नै चिपसेट प्रयोग गरेको छ भने आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको पनि प्रयोग गरिएको छ । त्यस्तै एस–२३ र एस–२३ प्लसमा चाहिं ५० मेगापिक्सेलको मुख्य क्यामरा रहेकोे छ ।

ग्यालेक्सी एस २३ अल्ट्रामा १२ जिबीको र्याम र ५१२ जिबीको मेमोरी छ भने दोस्रोमा १२ जिबीको र्याम र २५६ जिबीको मेमोरी उपलब्ध छ । त्यसतै ८ जिबीको ¥याम र २५६ जिबीको मेमोरी र था अर्को मोडेलमा ८ जिबी ¥याम र ५१२ जिबी मेमोरी छ ।

कम्पनीको अनुसार एस २३ को नेपाली बजार मूल्य १ लाख २७ हजार ९९९, एस २३ प्लसको १ लाख ५१ हजार ९९९ तथा एस २३ अल्ट्राको मूल्य २ लाख ९ हजार ९९९ तोकिएको छ । भैरहवामा पनि सिरिजमा समावेश मोडेलको प्रि बुकिङ सुरु भएको छ ।

सामसुङका नयाँ स्मार्टफोनमा गेमिङ क्षमता पनि उच्च रहेको छ । यसको शक्तिशाली ब्याट्रीका कारण प्रयोगकर्ताहरुले स्मार्टफोनमा लामो समयसम्म गेम खेल्न सक्नेछन् । एस २३ अल्ट्रामा ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री छ । त्यस्तै एस २३ प्लसमा ४ हजार ७ सय र एस २३ मा ३ हजार ९ सय मिलिएम्पियर आवरको ब्याट्री छ ।

स्मार्टफोनहरु ग्रीन, फ्यानतम ब्ल्याक, क्रिम, ल्याभेंदर ग्रीन रङमा उपलब्ध हुने बताइएको छ । आकर्षक फाइदाहरुका साथ प्याक गरिएको एस२३ सिरिज शुन्य प्रतिशत व्याजदरमा मासिक न्यूनतम किस्ता छ हजार चार सयबाट सुरु भइ उपलब्ध छ । सामसङ्गले एक पटकको लागि ब्रेकेज इनसुरेंस एक वर्षको लागि उपलब्ध गराएको छ ।

यी तिनवटै फोनको अन्तर्राष्ट्रिय बजारमा फेब्रुअरी १७ देखि बजारमा उपलब्ध भएका छन । सामसुङको ग्यालेक्सी एस २३ सिरिजले एप्पलको आइफोन १४ सँग सिधै प्रतिस्पर्धा गर्ने कम्पनीको दाबी छ । वातावरण मैत्री भएको फोनको निर्माणमा पहिलेभन्दा दुई गुणा बढी रिसाइकल्ड गरिएका सामग्री प्रयोग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *