सहमतिअनुसार गृहमन्त्रालय रास्वपालाई दिए सरकारमा जान्छौं : प्रमुख सचेतक परियार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमति कायम भए तत्काल सरकारमा जाने बताएका छन् ।
रफत सञ्चार क्लबले साोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै परियारले विगतमा भएको सहमतिअनुसार राष्ट्रपति र सभामुख एमाले, प्रधानमन्त्री माओवादी केन्द्र र चौंथो ठूलो दलको हैसियतले गृह मन्त्रालाय रास्वपालाई दिए तत्काल सरकारमा सहभागी हुने स्पष्ट पारे ।
उनले राष्ट्रपतिमा पनि विगतकै सहमति अनुरुप सत्तागठबन्धनबाटै चयन हुने दाबी गरे । उनले भने लोकतन्त्रमा कहीँ नभएको विधि कांग्रेसले राष्ट्रपतिकै लागि सरकारलाई सहमति दिएको बताए ।
वैशाख २ गते हुने चितवन क्षेत्र नं दुईमा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई नै पुनः उम्मेदवार बनाउने र लामिछानेले भारी मतले विजय हुने दाबी परियारले गरे ।
विगतका राष्ट्रपतिहरु कुनै न कुनै विवादमा तानियको बताउँदै परियारले भने अबको बन्ने राष्ट्रपति निष्पक्ष र तटस्थ भूमिका निर्वाहा गर्ने सक्ने व्यक्ति चयन हुनु पर्नेमा जोड दिए ।
वर्तमान राजनीतिमा देखिएको दृश्य परिदृश्यलाई नियाल्दै राजनीतिक अस्थिरतातर्फ देश गईरहेको अवस्थालाई मध्यनजर गर्दै रास्वपाले सरकारलाई दिएको सर्मथन फिर्ता नलिएर सरकारबाट आफ्नो प्रतिनिधिहरुलाई फिर्ता बोलाएर सरकारलाई सहयोग गरिरहेको परियारले बताए ।
विगतमा झैं फोहोरी राजनीतिक प्रक्रियाले निरन्तरता पाएको अवस्थामा नेपाली जनजनमा निरासा छाउनु स्वभाविक रहेको बताउँदै उनले छोटो समयमै रास्वपाले त्यसलाई चिर्ने प्रयासरत जारी राखेको परियारले दाबी गरे ।
आफ्नो पार्टीको वैचारिक लाइन लोकतन्त्र, सामाजिक न्याय र समावेसिता रहेको बताउँदै आगामी महाधिवेशनमा यिनै विषय दस्तावेजमा समेटिने स्पष्ट पारे ।