२० रूपैयाँको ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

२०७९ फागुन १ गते १५:२९

काठमाडौ । नेपाल राष्ट्र बैंकले २० रूपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ ।
राष्ट्र बैंकले २० रूपैयाँ दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिने आशयपत्र जारी गरेको हो ।
बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाई र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको केन्द्रीय बैंकको आशयपत्रमा उल्लेख छ ।
यो नोट छाप्नका लागि ४६ लाख ९८ हजार ६ सय ८५ डलर अर्थात आजको अमेरिकी डलरको मूल्य १३२ रूपैयाँलाई आधार मान्दा ६२ करोड २ लाख २६ हजार ४२० रूपैयाँमा चिनियाँ कम्पनीलाई जिम्मा दिइएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर