सदाचार दीप सम्मान– ०७९ घोषणा, सुशीला कार्कीदेखि अष्टलक्ष्मी शाक्य सम्मानित हुँदै – Nepal Press

सदाचार दीप सम्मान– ०७९ घोषणा, सुशीला कार्कीदेखि अष्टलक्ष्मी शाक्य सम्मानित हुँदै

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित पाँचजना सम्मानित हुने भएका छन् । यस वर्षको ‘सदाचार दीप सम्मान– ०७९’ बाट ‘एन्टिकरप्सन एकेडमी नेपाल’ ले मङ्सिर १० गते सम्मान गर्ने भएको हो ।

सम्मान पाउनेहरुमा पुर्वप्रधान न्यायधिस शुशिला कार्कीसहित बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, समाजसेवी भद्रकुमारी घले, शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मा र नेपाल सरकारका पूर्वसचिव भरतबहादुर थापा छन् ।

न्यायसेवा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कार्कीलाई सम्मान गर्न लागिएको हो । यस्तै राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याए बापत शाक्यलाई सम्मान गर्न लागिएको एकेडेमीले जनाएको छ ।

त्यस्तै, समाज सेवाको क्षेत्रबाट घले, शिक्षा क्षेत्रबाट प्रा.डा. शर्मा र निजामती प्रशासनको क्षेत्रबाट थापालाई सम्मान गर्न लागिएको एकेडेमीका व्यवस्थपक दिल बहादुर बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार सम्मान अगामी १० मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गरिनेछ । एकेडेमीले गर्न लागेको यो दोस्रोपटकको सम्मान हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर