रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल हुने

२०७९ फागुन १ गते १०:२९

फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।
रास्वपा नेतृ सोबिता गौतमले पार्टी कार्यालयमा दिउँसो बस्ने बैठकमा समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल हुने बताइन् ।
बैठक दिउँसाे ३ बजेका लागि आह्वान भएकाे छ ।
यस्तै उपनिर्वाचनका विषयमा पनि बैठकमा छलफल हुने बुझिएकाे छ ।
निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया