कस्तो छ देशको अर्थतन्त्र ? हेर्नुहोस् बजेटको अर्धवार्षिक समीक्षाको पूर्णपाठ


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा उनले देशको अर्थतन्त्रको वर्तमान अवस्था अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमार्फत खुलाएका छन् ।
अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौती थपिएको अर्थमन्त्री पौडेलले बताए । आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको उनले खुलाए ।
राजस्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकमसमेत नपुग भएको उनले खुलाए ।
समीक्षामार्फत चालू आवको करिब साढे २ अर्ब घटाएर १५ खर्ब ५० अर्ब रूपैयाँको अनुमान गरिएको छ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्बको बजेट ल्याएका थिए । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा पेश गरेको चालू आर्थिक वर्षको बजेट समीक्षामार्फत उक्त बजेटको आकार घटाएर १५ खर्बमा झारिएको हो । यस्तै राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ । १४ खर्ब ३ अर्ब राजस्व संकलनको लक्ष्य लिइएको थियो ।
यद्यपी देशको अर्थतन्त्र सुध्रिने क्रममा रहेको देखिन्छ । चालू आवको ६ महिनामा धान उत्पादन ६.९४ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ भने मुद्रास्फीति ७.३ प्रतिशत रहेको छ । मुन्द्राप्रदाय ३.६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
आव २०७९/८० को पहिलो ६ महिनामा २.८ प्रतिशतले कुल आन्तरिक कर्जा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कंकल गर्ने निक्षेमा ४.२ प्रतिशतले वृद्धि भएको छ ।