लगनखेलमा ज्येष्ठ नागरिकलक्षित ‘भ्यालेन्टाइन डे’ विशेष


काठमाडौं । ‘एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप’ कलेजले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलक्षित गरी प्रणय दिवसका दिन कार्यक्रम गर्ने भएको छ । आगामी फाल्गुन २ गते परेको प्रणय दिवसको दिन पारेर ललितपुर लगनखेलमा कार्यक्रम गर्न लागेको हो ।
फेब्रुअरी १४ लाई विश्वव्यापीरूपमा प्रेम मिलनको दिनको रूपमा मनाइँदै आएको छ । रोमियो र जुलिएटको कथामा आधारित रहेर उक्त दिनलाई युवा-यवतीले एक अर्कामा प्रेम साटासाट गर्ने दिनको रूपमा यो प्रचलित छ । यसका लागि विभिन्न व्यापारिक संस्थाहरूले युवालक्षित कार्यक्रम गर्दै आइरहेका छन । ज्येष्ठ नागरिकलक्षित यस्तो कार्यक्रम भने नेपालमा पहिलो दाबी गरिएको छ ।
७० वर्ष माथिका बुबा-आमाको आशीर्वाद लिन प्रणय दिवश मनाउने योजना बनाइएको हो । उक्त्त दिन विभिन्न मौलिक पहिरनमा सजिएरका १०० अग्रज जोडीलाई विभिन्न खाना (स्वास्थ्य ख्याल गरिएको) का साथै साँस्कृतिक मनोरञ्जन प्रदान गर्ने कार्यक्रम छ ।
कलेजका अध्यक्ष अशेष महर्जनले भने, ‘यो कार्यक्रमको मूल उद्देश्य जसले हामीलाई यो धर्ती देखाउनुभयो, उहाँहरूसँग माया साट्ने र आशीर्वाद लिने प्रयास हो ।’