विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना चयन


काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् ।
काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी रमहासचिवमा रञ्जु दर्शना सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए ।
दाहालका अनुसार सचिवमा पवित्रा थापा, विमल तामाङ र समुद्र केसी चयन भएका छन् भने कोषाध्यक्ष दामोदर नेपाल चयन भएका छन् ।
महाधिवेशन हलबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरिएको हो । त्यसका लागि केहीबेरमै निर्वाचन प्रक्रिया सुरु हुने दाहालले बताए ।
विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ । पदाधिकारी सर्वसम्मत चयन भइसकेकाले केन्द्रीय सदस्य चयन हुने प्रक्रिया जारी रहेको छ ।