पोखरा लेक साइडको सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी

२०७९ माघ २८ गते १८:१८

कास्की । पोखराको लेकसाइड हल्लनचोकमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी भएको छ ।
शनिवार दिउँसो स्टोरमा आगलागी भएको हो ।
सेलवेजको अन्डरग्राउण्डमा आगलागी सुरु भएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख हरि पौडेलेले बताए ।
उनले भने, ‘करिब आधा घण्टा अघिबाट आगलागी सुरु भएको हो, आगलागी नियन्त्रणको नजिक छौँ ।’
आगलागी के कारण भयो भन्नेबारे अनुसन्धान भइरहेको पौडेलले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर