प्रदेश १ सरकारको खर्च कटौती गर्न ८ बुँदे निर्देशन – Nepal Press

प्रदेश १ सरकारको खर्च कटौती गर्न ८ बुँदे निर्देशन

विराटनगर । प्रदेश १ सरकारले प्रदेश सरकारको खर्च कटौतीका लागि आफू मातहतका कार्यालयहरुलाई आठ बुँदे निर्देशन जारी गरेको छ ।
प्रदेश १ मन्त्रि परिषद बैठकले प्रदेश सरकारलाई मितव्ययी बनाउन खर्च कटौती गर्ने निर्णय गरेको हो ।

बैठकपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै मन्त्रालय, सचिवालय तथा आयोगहरुलाई पत्र लेख्दै ८ बुँदे निर्देशन दिएको सरकारका प्रवक्ता भक्ती सिटौलाले बताए ।

निर्देशनमा कर्मचारी तालिम, गोष्ठी, सेमिनार, कार्यशालाको २५ प्रतिशत कटौती गर्न उल्लेख छ । यस्तै विविध खर्चमा खर्च भएर बाँकी रहेको मध्ये २५ प्रतिशत कटौती गर्न निर्देशन दिएको छ ।

मसलन्द तथा कार्यालय सामान, पत्रपत्रिका, इन्धन, मर्मत सम्भार, छपाई तथा सूचना प्रकाशन, सेवा परामर्शमा समेत खर्च कटौती गर्न निर्देशन दिएको छ ।

यसैगरी पत्रमा सूचना प्रणाली तथा सफ्टवेर सञ्चालन खर्च, भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च कटौती गर्न निर्देशन दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *