सशस्त्रका ४ एसएसपी डीआजीमा बढुवा सिफारिस

२०७९ माघ २६ गते ९:१०

काठमाडौं । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना वरिष्ठ उपरीक्षकलाई डीआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो । सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ ।
बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा सुरेशकुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर