युनाइटेड लिड्ससँग बराबरीमा रोकियो – Nepal Press

युनाइटेड लिड्ससँग बराबरीमा रोकियो

काठमाडौं। म्यानचेस्टर युनाइटेड र लिड्स युनाइटेडले बुधवार राति इङ्लिस प्रिमियर लिगमा २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको पहिलो मिनेटमै वेल्फर्ड गुन्टोले गरेको गोलमा लिड्सले अग्रता लिएको थियो ।

युनाइटेडका डिफो्डर राफेल भरानले ४८औँ मिनेटमा आत्मघाती गोल गरेसँगै लिड्सले अग्रता दोब्बर पारेको थियो ।

मार्कस रासफोर्डले ६२औँ मिनेटमा युनाइटेडका लागि पहिलो गोल गरेका थिए । सान्चोले खेलको ७०औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

त्यसपछि थप गोल गर्न नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो।

युनाइटेड २२ खेलमा ४३ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ । शीर्ष स्थानको आर्सनलको २० खेलमा ५० र दोस्रो स्थानको म्यानचेस्टर सिटीको २१ खेलमा ४५ अंक रहेको छ ।

लिड्स २१ खेलमा १९ अंकसहित १६औँ स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर